हङकङस्थित नेपाली महावाणिज्य दूत र नेपाली फुटबल टोलीबीच भेट

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार १३:२९

विराटनगर । हङकङ पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले नेपाली महावाणिज्य दूतसँग भेटघाट गरेको छ ।

बुधबार हङकङस्थित नेपाली महावाणिज्य दूत डा. विन्देश्वरप्रसाद लेखकले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यसँग भेटघाट गरेका हुन् ।

हङकङको काउलुन इष्टमा भएको भेटका क्रममा महावाणिज्य दूत डा. लेखकले हङकङसँगको मैत्रीपूर्ण खेलका लागि शुभकामना दिए ।

केही साता अघि मात्र जिम्मेवारीवहन गरेको बताएका महावाणिज्य दूत डा. लेखकले राष्ट्रिय टोलीलाई स्वागत गरिरहँदा आफै पनि उत्साहित भएको बताए ।

पूर्व राष्ट्रिय खेलाडी हरि खड्काको प्रशंसक भएको बताउँदै उनले भने, ‘म पनि नेपाली फुटबलको ठूलो समर्थक हो । हरि खड्का मलाई मनपर्ने खेलाडी हुन् । त्यसैले पनि नेपाली टोलीलाई जितको शुभकामना छ । मेरो शुभेच्छा सधैँ टोलीको साथमा रहेको छ । हामीलाई आशा भोलिको खेलमा हाम्रो नै जित हुनेछ ।’

टोलीलाई शुभकाना दिने क्रममा हङकङ नेपाली महासंघका पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार टंक रानाले बिहीबार हुने खेलका लागि धेरैभन्दा धेरै नेपालीलाई स्टेडियमसम्म ल्याउने विश्वास दिलाए ।

कार्यक्रममा टोली व्यवस्थापक टंकलाल राईले खेलाडी परिचय र टोलीको कार्यक्रमबारे जानकारी गराएका थिए । खेलाडी, म्याच अफिसिललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.