कोशी र मधेश प्रदेशमा क्रिकेट सामग्री हस्तान्तरण

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार १८:००

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले क्रिकेट सामग्री हस्तान्तरण गरेको छ । कोशी प्रदेश क्रिकेट संघ र मधेश प्रदेश क्रिकेट संघको सहकार्यमा‘क्रिकेट फर इक्वालिटी’ परियोजना अन्तर्गत सामग्री हस्तान्त्रण गरेको हो ।

परियोजना अन्तर्गत मधेश प्रदेशको सिरहा र कोशी प्रदेशको उदयपुर र सुनसरी जिल्लामा कार्यक्रम भएको थियो । ती स्थानमा क्रिकेट ब्याट, हेल्मेट, प्याड, ग्लोभ्स, लेदर बल, टेनिस बल, स्टम्प, कोन्स तथा किट ब्यागहरू हस्तान्त्रण गरिएको हो ।

सिरहाको हस्तान्तरण कार्यक्रममा मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ, सचिव आयुष श्रेष्ठ तथा सिरहा जिल्ला क्रिकेट संघका सचिव बिकल बिष्टको उपस्थितिमा नेपाल क्रिकेट फाउण्डेसनका संस्थापक अभिषेक श्रेष्ठले क्रिकेट उपकरण हस्तान्तरण गरे । अन्य जिल्लामा पनि नेपाल क्रिकेट फाउण्डेसनका संस्थापक अभिषेक श्रेष्ठले क्रिकेट उपकरण हस्तान्तरण गरेका थिए ।

क्रिकेटको पहुँच र समानता सुनिश्चित गर्नका लागि सामग्री हस्तान्त्रण गरेको फाउण्डेसनका संस्थापक श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.