
काठमाडौं । सर्वोच्च अदालतले यातायात क्षेत्रमा हडताल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
राइड सेयररिङको विरोधमा व्यावसायीले यातायात बन्द गरेर आन्दोलन गरेपछि परेको रिटमा बुधबार न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले हडताल नगर्न अल्पकालीन आदेश जारी गरेको हो ।
अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
जेठ १९ गतेदेखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमवली विरूद्ध देशव्यापी आन्दोलन सुरू गरेको थियो । आन्दोलनविरुद्ध अधिवक्ता विवेक पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

























