नेदरल्याण्डमाथि नेपालकाे सहज जित

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २२, बिहीबार ०६:५०

विराटनगर । आरिफ शेखको अर्धशतक प्रहार गर्दा आइसिसी विश्वकप लिग टुको खेलमा नेपालले नेदरल्याण्डलाई ५ विकेटले पराजित गरेको छ ।

स्कटल्याण्डको डुन्डीमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गर्दा शेखले ७८ रन बनाए । नेपालले २ सय २६ रनको लक्ष्य ४७‍.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि रिफले ९९ बलमा ७ चौका र २ छक्काको सहयोगमा ७८ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरीले नटआउट ३८ रन बनाए । पाँचौ विकेटका लागि आरिफ र दीपेन्द्रले ८९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

ओपनर कुशल भुर्तेलले २५ रन जोड्दा कप्तान रोहित पौडेलले २३ रन बनाए । अर्का ओपनर आसिफ शेख १९ रनमा आउट भए । भीम सार्कीले ११ रन बनाए ।

नेदरल्याण्ड्सका माइकल लेभिटले २ तथा भिभियन किंग्मा र पल भान मेकरेनले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स ४९‍‍.१ ओभरमा २ सय २५ रनको योगफलमा समेटियो ।

लिगमा नेपालले १४ खेलमा १० अंक जोडेको छ । नेपाल सातौं स्थानमा छ । नेदरल्याण्ड्स २१ खेलमा २६ अंकसहित दोस्रो स्थानमा यथावत छ । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो ।

सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छन् । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.