नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २२, बिहीबार ११:३८

विराटनगर । नेपाली फुटबल टोलीले बिहीबार (आज) साँझमा हङकङसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

नेपाल र हङकङबीच हुने मैत्रीपूर्ण खेल नेपाली समय  साँझ ५ : ४५ बजेदेखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

आज हङकङविरुद्धको हुने मैत्रीपूर्ण खेल र त्यसपछि लाओसविरुद्धको एएफसी एसियन कप २०२७ छनोट खेलका लागि प्रतिस्पर्धा हुनेछ ।

जसअनुसार नेपालले जुन ५ मा हङकङसँग खेल्ने छ भने जुन १० मा लाओससँग छनोट खेल खेल्ने एन्फाले जनाएको छ ।

मंगलबार हङकङ पुगेको नेपाली टोली मैत्रीपूर्ण खेलपछि लाओस जाने छ ।

राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सो प्रतिस्पर्धाका लागि नेपाली टोलीको घोषणा यसअघि नै गरिसकेका छन् ।

नेपाली टोलीमा

अभिषेक लिम्बू, अनन्त तामाङ, अञ्जन विष्ट, अरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, गिलेस्प्ये जंग कार्की, किरण चेम्जोङ, कृतिश रत्न छिन्जु, कुशल देउवा, मनिषकुमार डाँगी, लकेन लिम्बू, रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम, योगेश गुरुङ, मनिषकुमार लामा

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.