स्कटल्यान्डसँग खेल्दै नेपाल

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २५, आइतबार ०७:२५

विराटनगर । आईसीसी विश्वकप क्रिकेट लिग– २ मा नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । यो नेपालको तेस्रो खेल हो ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट स्टेडियममा हुने नेपाल र घरेलु टिम स्कटल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । तर, घरेलु टिम स्कटल्यान्ड भने पहिलो खेलमा ब्यहोरेको हारको बदला लिने दाउमा हुनेछ ।

यसअघि गत सोमबार पहिलो खेलमा नेपालले घरेलु टिम स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको थियो । बुधबार दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.