न्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २९, बिहीबार १४:१६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषदको सदस्यमा महेश नेपालको नाम सिफारिस गरेका छन् । संविधानको धारा १५३ अनुसार  १ जना न्याय परिषद सदस्य प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।

यसअघि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त भएका रामप्रसाद भण्डारीको कार्यकाल असार ९ गतेबाट सकिने भएकाले नियमनासुर संसदीय सुनुवाइ प्रक्रियाका लागि आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संसद सचिवालयमा पठाउने भएको छ ।

यसअघिका भण्डारीको पनि नियुक्तिका बेला प्रधानमन्त्री ओली नै थिए । वरिष्ठ अधिवक्ता नेपाललाई न्यायपरिषद सदस्य नियुक्तिको प्रक्रिया अघि बढेको स्रोतले पुष्टि गरेको छ । नेपाल बारको सिफारिसमा यसअघि नै वरिष्ठ अधिवक्ता दामोदर खड्का न्याय परिषदमा नियुक्त भइसकेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.