
काठमाडौं । उच्च अदालतको मुख्य न्यायाधीशमा ४ जनाको नाम सिफारिस भएको छ ।
न्याय परिषदको आज (शुक्रबार) बिहान बसेको बैठकले उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर, उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा दरबन्दी भई तुल्सीपुरमा काजमा रहेका न्यायाधीश हरिप्रसादप्रसाद भण्डारी र उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।
बैठकले भट्टराईलाई उच्च अदालत विराटनगर, कुवँरलाई उच्च अदालत पाटन, भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरमा पदस्थापनका लागि पनि सिफारिस गरेको जनाइएको छ ।
यस्तै, बैठकले १ जना न्यायाधीशको सरुवा सिफारिस पनि गरेको छ । न्यायाधीश गोकर्ण डाँगीको सरुवा सिफारिस भएको हो ।

























