कोशीको बजेट : मनमोहन प्राविधिक विश्वविद्यालयलाई १४ करोड

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १, आइतबार १६:२९
आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्

विराटनगर । कोशी प्रदेश सरकारले मनमोहन प्राविधिक विश्वविद्यालयको संरचनागत तथा व्यवस्थापकीय सुधार र चिकित्सा विज्ञान लगायत विषयमा अध्यापन अध्ययन अध्यापन तथा अनुसन्धानका लागि १४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षका लागि सो बजेट बिनियोजन भएको हो । यो नेपालको पहिलो प्राविधिक विश्वविद्यालय हो ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा आज (आइतबार) प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले यो जानकारी दिएका हुन् ।

प्रदेश सरकारले आगमी आर्थिक वर्षका लागि ल्याउने बजेट ३७ अर्ब हाराहारीको हुने जनाइएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३७ अर्ब हाराहारीको हुने बताएका हुन् ।

झापाको गौरदह क्याम्पसमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले प्रदेशको बजेट निरन्तर घट्ने क्रममा रहेकाले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट ३७ अर्ब हाराहारीको हुने बताएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.