
काठमाडौं । त्रि देशीय टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा १२ वर्षपछि नेपाल र स्कटल्यान्ड आज (मंगलबार) भिड्दैछन् ।
त्रि देशीय टी–२० अन्तर्राष्ट्रिय श्रृंखला स्कटल्यान्डमा जारी छ । नेपालले १२ वर्षपछि घरेलु टिम स्कटल्यान्डको सामना गर्ने भएको हो । ग्लासगोमा नेपाली समयअनुसार साँझ ७ः४५ बजेपछि नेपाल र स्कटल्यान्डबीच खेल हुने भएको हो ।
नेपालले २०१३ पश्चात पहिलो पटक स्कटल्यान्डसँग टी–२० फम्यार्टमा प्रतिस्पर्धा गर्दैछ । नेपालले अन्तर्राष्ट्रिय मान्यता नपाएको समयमा १२ वर्ष अगाडि टी–२० मा नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित भएको थियो।
नेपाल अन्तर्राष्ट्रिय मान्यता पाएपछि स्कटल्याण्डसँग भने पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो। श्रृंखलाको पहिलो खेलमा सोमबार नेपालले तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो।
स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। नेपाल आफ्नो पहिलो जित निकाल्ने ध्याउन्नमा छ । हालसम्म ३ टोली सहभागी यस श्रृंखलामा नेपाल अन्तिममा रहेको हो ।



















