सूर्य नेपाल गल्फ : एमेच्योर राहुल र प्रो सुवास शीर्ष स्थानमा

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३, मंगलबार २०:३५

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४– २५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशिको प्रतियोगिता ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप’ को दोस्रो दिन एमेच्योर राहुल विश्वकर्मा र प्रो सुवास तामाङ संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् ।

समग्रमा १०– अन्डर १ सय ३४ को स्कोरमा उनीहरूले सद्भाव आचार्यलाई २ स्ट्रोकले पछि पारे । राहुलले आज ७– अन्डर ६५ को सानदार प्रदर्शन गरे । सुवासले ६– अन्डर ६६ को स्कोर दर्ज गरे ।

नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यले दिनकै उत्कृष्ट ८– अन्डर ६४ को स्कोर निकाले । समग्रमा ८– अन्डर १ सय ३६ सहित उनी तेस्रो स्थानमा उक्लिए ।

समग्रमा ७– अन्डर १ सय ३७ का साथ नीरज तामाङ चौथो स्थानमा छन् । उनले आज ५– अन्डर ६७ मा खेल सकाए । समग्रमा ६– अन्डर १ सय ३८ स्कोरका साथ भुटानका एमेच्योर खेलाडी निम दोर्जी तामाङले पाँचौँ स्थानमा रहे ।

उनले आज ३– अन्डर ६९ को को स्कोर जोडे । एमेच्योर वाङ्चेन ढोन्चुप ४– अन्डर ६८ स्कोरसहित समग्रमा ५– अन्डर १ सय ३९ सहित छैटौँ स्थानमा उक्लिए ।

यस्तै, समग्रमा ३– अन्डर १ सय ४१ को स्कोरमा दिनेश प्रजापति र भुवन नगरकोटी संयुक्त रूपमा सातौँ स्थानमा रहे । दिनेशले ३– अन्डर ६९ र भुवनले इभन–पार ७२ मा खेल सकाए ।

कृष्णमान राजबाहक र पहिलो दिनका लिडर रवि खड्का समग्रमा २– अन्डर १ सय ४२ को स्कोरमा संयुक्त रूपमा नवौँ स्थानमा छन् । कृष्णमानले ३– अन्डर ६९ र रविले ३– ओभर ७५ को स्कोरमा दोस्रो दिनको खेल सकाए ।

यसैगरी, राहुलले आज फ्रन्ट नाइन बोगीरहित खेले । पहिलो, दोस्रो, छैटौँ र नवौँ होलमा बर्डी प्रहार गर्दै पहिलो नौ होलको खेल ४– अन्डर ३२ खेले । यसपछि उनले ११ औँ होलमा एक सट खेर फाले ।

तर, १० औँ, १२ औँ १७ औँ र १८ औँ होलको बर्डीले ब्याक नाइन ३– अन्डर ३३ मा सकाए ।

सुवासले फ्रन्ट नाइन र ब्याक नाइन दुवै ३– अन्डर ३३ खेले । उनले पहिलो, तेस्रो, छैटौं, सातौँ र नवौँ होलमा बर्डी प्रहार गर्दा पाँचौँ र आठौँ होलमा १–१ सट खेर फाले ।

यसपछि बोगी रहित ब्याक नाइन खेल्ने क्रममा १० औँ देखि १२ औँ होलमा लगातार ३ बर्डी खेल्दा बाँकी ६ होलमा पार बचाए ।

सद्भावले फ्रन्ट नाइनमा ७– अन्डर २९ को प्रभावशाली प्रदर्शन गरे । बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा पहिलो, तेस्रो, चौथो तथा छैटौँ देखि नवौँ होलमा लगातार ४ बर्डीको सफलता प्राप्त गरे ।

यसपछि ११ औँ र १२ औँ होलमा पनि १–१ सट बचाए । तर ४ पारको १८ औँ होलमा एक सट खेर फाले । ब्याक नाइन १– अन्डर ३५ मा सकाए ।

३६ होलको समाप्‍तिमा ६– ओभर १ सय ५० सम्म स्कोर गर्ने २२ प्रोफेसनल र ६ एमेच्योर खेलाडी गरी कुल २८ गल्फरले कट बनाएका छन् ।

सञ्जय लामा, धनबहादुर थापा, शुक्रबहादुर राई, दीपक मगर, विष्णुप्रसाद शर्मा, तोरणविक्रम शाही, जयराम श्रेष्ठ, भुवन कुमार रोक्का, प्रदीप कुमार लामा, रामे मगर, रमेश अधिकारी, टंक बहादुर कार्की, राम कृष्ण श्रेष्ठ, वसन्त राज गुरुङ, शिवराम पौडेल र बल भद्र राईले कट बनाए । यस्तै, एमेच्योर गल्फर टासी छिरिङ र पदम हाङ लिम्बू पनि कट बनाउन सफल रहे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.