श्रेष्ठको रिट खारेज, अब नेपालखबर र बिजमाण्डुले समाचार हटाउन नपर्ने

Share this
648shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ५, बिहीबार १७:२७

विराटनगर । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको निषेधाज्ञा रिट काठमाडौं जिल्ला अदालतले खारेज गरेको छ ।

न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले श्रेष्ठको निषेधाज्ञा रिट खारेज गरेसँगै दुई अनलाइन (नेपालखबर र बिजमाण्डु) ले समाचार अब हटाउन नपर्ने भएको छ ।

अनलाइनमा जलविद्युत् कम्पनीका आईपीओ स्वीकृतिका लागि श्रेष्ठले प्रतिशत नै तोकेर कमिसन मागेको समाचार प्रकाशित भएको थियो । उक्त समाचारविरुद्ध श्रेष्ठले निषेधाज्ञा निवेदन दिएका थिए ।

यता श्रेष्ठले अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशअनुसार समाचार नमेटेको भन्दै नेपालखबरलाई विपक्षी बनाउँदै बुधबार दायर गरेको अदालतको अवहेलना मुद्दामा भने कारण देखाऊ आदेश जारी भएको छ ।

न्यायाधीश रामचन्द्र खड्काको इजलासले समाचार नमेट्नुको कारण देखाउन आदेश जारी गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.