मलाई फूल मन पर्दैन

Share this
675shares
मुलुकी खबर
सविता फागो चोङवाङ
clock२०८२ असार ७, शनिबार १९:३०

जुन दिन तिम्रो तस्बिरमा, फुलका गुच्छाहरू झुण्डिए
हो त्यस दिनदेखि मलाई फूल मन पर्दैन 
फूलको सुवास झन् मनै पर्दैन।

तिमी पाउँदा लागेथ्यो संसार जितेँ,
तिम्रो शोक सहँदा झस्किएँ
मलाई संसारको नियमले जितेको थियो
प्रिय,तिमी पहिलो चोटि
म बाट अन्तिम पटक नफर्किने गरी छुटिँदै थियौ।
लामो सफरमा मलाई एक्लो पारी
तिमी त बिदा लिँदै थियौ

छाडी चिसा रातहरूमा ताता आँसुहरू
आँसु भरिएका आँखाहरूले देखेँ
आँगनभरि पारिजात,
पारिजातका सुगन्धहरूमा भेटेँ
मुटु छेड्ने  यादहरूलाई
`तिमी´सम्झाउन पो फुल्छन् कि फूलहरू ?
त्यसैले त
मलाई फूल मन पर्दैन
फूलको सुवास झन् मनै पर्दैन।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.