
विराटनगर । धनकुटामा एकैपटक ४ वटा सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा अवरुद्ध सडक भएको सडक एकतर्फी रूपमा खुलेको छ ।
सडक दुईतर्फी नै खुलाउने प्रयास भइरहेको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । ४ वटा गाडी दुर्घटना हुँदा धनकुटाको पाख्रीबास नगरपालिका–६ डिकुरेमा दुईतर्फी सडक अवरुद्ध भएको थियो ।
बिहान ११ बजेदेखि सडक अवरुद्ध भएको थियो । जसका कारण सडकमा दर्जनौं सवारीसाधन रोकिएका छन् । यो सडकबाट धनकुटा हुँदै धनकुटाका विभिन्न स्थान, भोजपुर र संखुवासभासम्म सवारीसाधन चल्छन् ।
एकतर्फी सडक खुलेपछि सोमबार दिउँसो १ः५० बजेबाट सवारीसाधन सञ्चालन हुन थालेका छन् । जेसीबीलगायतले खुलाएर सडक दुईतर्फी नै सञ्चालनको प्रयास भइरहेको डीएसपी खनालले बताए । सडक पूरै सञ्चालनमा आउन अब केही समय लाग्न,’ उनले भने ।

























