
घर हामफालोस् वा पहाड
खोलालाई के मतलब ?
उसलाई त जरुर पुग्नुछ, आफ्नो गन्तव्यमा
पहाड फुटाएर
गन्तव्यहरूलाई गन्तव्यहीन बनाइदिएर
पर्खाइको पर्खाल भत्काएर
मान्छेहरू भन्छन्-
मान्छेको मन खोलाभन्दा चञ्चल हुन्छ
अझ खोलाभन्दा विनाशकारी हुन्छ
खै ! मेरो मन त
वर्षोंदेखि त्यही बगरमा अडिरहेछ
जहाँ, तिमीसंग पहिलो भेट भएको थियो र,
अन्तिम पनि !
०००



















