
विराटनगर । झापाको मेचिनगर नगरपालिका– १२ सरेडाँगि स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार साँझ साढे ७ बजे ईलामबाट चारआली तर्फ आउँदै गरेको मे १ च ६१३१ नम्बरको स्कोर्पियोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।
दुर्घटना गम्भीर घाइते पुरुषलाई उपचारका लागि बीएण्डसी अस्पताल भर्ना गरिएको थियो । राति ८ बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरे ।
दुर्घटना गराएर फरार भएका चालकलाई प्रहरीले गाडीसहित पक्राउ गरेको छ । मे १ च ६१३१ नम्बरको स्कोर्पियोसहित चालक झापाको हल्दिबारी गाउँपालिका– १ का ४८ वर्षीय गजेन्द्रबहादुर बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

























