
विराटनगर । धुधुवा खोलामा डुबेर विराटनगरकी नाबालिकाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका– ६ स्थित धुधुवा खोलामा खेल्ने क्रममा डुबेर स्थानीय दीपक पासवानकी ४ वर्षीया छोरी आरुषी पासवानको मृत्यु भएको हो ।
प्रहरीका अनुसार साउन ११ गते दिउँसो करिब ४ बजे घर नजिकै रहेको धुधुवा खोलामा डुबिरहेको देखेपछि आफन्तले उपचारको लागि गोल्डेन अस्पताल लगेका थिए ।
अस्पतालमा उनको मृत्यु भएको हो ।

























