
विराटनगर । पानीको बहाव उच्च भएपछि सप्तकोशी नदीमा खतराको संकेत रातो बत्ती बालेको छ । साँझ ७ बजेबाट रातो बत्ती बलेको हो । बेलुका पानीको बहाव एक लाख ८९ हजार ३९० क्यूसेक पुगेको छ ।
कोशी ब्यारेज कन्ट्रोल रुमअनुसार अहिले ५६ वटा ढोकामध्ये २६ वटा खुला गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रअनुसार पानीको बहाव बढेपनि जोखिम छैन ।
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार कटेपछि खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ ।



















