झापाको दमकमा हात्तीले पुर्यायो ५ घरमा क्षति

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १९, सोमबार ११:४०
फाइल तस्बिर

विराटनगर । झापाको दमकमा जंगली हात्तीले ५ वटा घरमा क्षति पुर्याएको छ । जंगलबाट दमक नगरपालिका–२ बेलडाँगीस्थित बस्तीमा छिरेर २ वटा हात्तीले आइतबार राति १० बजेतिर क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हात्तीले दमक–२ का टंकबहादुर राई, कुलबहादुर चौहान, चन्द्रकला खड्का, राजु लिम्बू र पुष्प खतिवडाको घरमा क्षति पुर्याएको छ । घर तथा भान्सा घर भत्काएर हात्तीले अन्नसमेत खाइदिएको छ ।

सबै जसो घरहरुमा सामान्य क्षति पुगेको छ । मानवीय क्षति भने नपुर्याएको प्रहरीले जनाएको छ । हात्ती करिब १ घण्टापछि जंगलतर्फ लागेको स्थानीयले बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.