खोटाङको दुर्घटना अपडेट : घाइतेमध्ये १ जनाको मृत्यु, १६ जनाको उपचार हुँदै

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १९, सोमबार १२:०१
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । प्रशिद्ध धार्मिक तीर्थस्थल खोटाङको हलेसीबाट तीर्थयात्री बोकेर फर्किदै गरेको गाडी सोमबार बिहान दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

कोशी प्रदेशका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठका अनुसार दुर्घटनामा १७ जना घाइते भएका थिए । घाइतेमध्ये १ जनाको मृत्यु भएको उनले बताए । अन्य १६ जना घाइतेको घुर्मी सामुदायिक अस्पतालमा उपचार भइरहेको जानकारी श्रेष्ठले दिए ।

उनका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । मृतक र घाइतेको नाम खुल्न सकेको छैन । चालकसहित १८ जना सवार रहेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विंगर गाडी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयराम घाटनजिक दुर्घटनामा परेको डीएसपी श्रेष्ठले बताए ।

उनका अनुसार हलेसीबाट सिराहातर्फ जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको प्रारम्भिक जानकारी छ । गाडी सिराहाबाट रिजर्भ लिएर खोटाङ गएको थियो । हलेसी मन्दिर दर्शनपछि रिजर्भका यात्रु बोकेर सिराहातर्फ फर्किदै गरेको गाडी दुघटनामा परेको हो ।

स्थानीयको सहयोगमा उद्धार गरेर प्रहरीले घाइतेहरुलाई उपचारका लागि घुर्मी सामुदायिक अस्पताल लगेको थियो । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनालगत्तै चालक फरार भएका छन् । फरार रहेका चालकको खोजी तीव्र पारेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.