खोटाङको खार्ताम्छामा मोटरसाइकल दुर्घटना, बालिकाको मृत्यु

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १९, सोमबार १२:२२

विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ ।

खार्ताम्छा–चोखाने सडक खण्डमा बा ४१ प ८८१७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर आइतबार साँझ ५ बजेतिर दुर्घटनामा परेको हो । मोटरसाइकल सडकबाट करिब ५ मिटर तल खसेको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ११ वर्षीया एर्मिला राईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक २६ वर्षीय जसकुमार राई, ११ वर्षीया समीक्षा राई र १० वर्षीया झरना राई घाइते भएका छन् ।

घाइते सबैको अवस्था सामान्य रहेको र फेमेली केयर अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.