‘हाई हलर्ट’मा बस्न कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २०, मंगलबार १२:११

काठमाडौं ।मनसुनजन्य विपद्‍को जोखिम बढेको भन्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले ‘हाई अलर्ट’मा निर्देशन दिएका छन् । पछिल्लो समय जोखिम बढेको भन्दै उनले सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट र जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिसहित बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए । जोखिम बढेका कारण उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

उनले सम्भावित जोखिम क्षेत्रमा पूर्वसूचना प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन पनि निर्देशन दिए । बैठकमा गृहमन्त्री रमेश लेखकले मनसुन्य विपद्लाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई अतिआवश्यकबाहेक कार्यक्षेत्र नछाड्न निर्देशन जारी गरिएको जानकारी गराए ।

बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख भट्टले देशभरको अवस्था र तयारीबारे जानकारी गराएका थिए ।

जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिले लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दियामा पानी पार्ने प्रणाली सक्रिय रहेको जानकारी गराएका थिए । भारी वर्षा हुँदा बबई र राप्ती नदीको पश्चिम भागमा नदी किनारका बस्ती डुबानमा पर्न सक्ने सम्भावना औंल्याउँदै त्यसैअनुसारको तयारी गरिएको जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.