जंगली च्याउ खाँदा ३ महिला बिरामी

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २५, आइतबार १६:२२
सांकेतिक तस्बिर ।

झापा । झापामा जंगली च्याउ खाँदा ३ जना महिला बिरामी परेका छन् ।

प्रहरीका अनुसार कनकाई नगरपालिका–५ की ५७ वर्षीया हरिमाया विक, २५ वर्षीया रविना विक र १६ वर्षीया धनमाया विक बिरामी परेका हुन् । उनीहरुले शनिबार राति च्याउ खाएको प्रहरीले जनाएको छ ।

सबै जनाको अवस्था मध्यम छ । बिर्तामोडको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा प्रहरीले आइतबार बिहान मात्रै थाहा पाएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.