
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई छाड्न जिल्ला अदालत रुपन्देहीले अस्वीकार गरेको छ । सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको सुनुवाईपछि अदालतले छाड्न अस्वीकार गरेको हो ।
सोमबारको पेशीका लागि न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा परेको थियो । दुवैतर्फका कानून व्यवसायीको बसपछि सापकोटाको इजलासले माग बमोजिम नहुने आदेश जारी गरेको हो ।

























