अनलाइन दर्तासम्बन्धि नयाँ प्रावधानविरुद्ध सर्वाेच्चमा रिट

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २६, सोमबार १९:३८

काठमाडौं । अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणसम्बन्धि नयाँ व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयमार्फत हुने व्यवस्थाविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको हो ।

२०८२ साउन १४ गते राजपत्रमा प्रकाशित ‘नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा थपिएको दफा ७ ९ख० खारेज गर्न माग गर्दै अधिवक्ता अनिल आचार्य सहित ३ जनाले संयुक्त रूपमा रिट दायर गरेका हुन् ।

मुद्दाको प्रारम्भिक सुनुवाइका लागि मंगलबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, सङ्घीय संसद् सचिवालय, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई विपक्षी बनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.