दमकको भालु खोलाले बगाउँदा बालकको मृत्यु

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २८, बुधबार १२:३०

दमक । झापाको दमक नगरपालिका–१० स्थित भालु खोलाले बगाउँदा बालकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा बुधबार बिहान घटना भएको हो ।

पौडी खेल्ने क्रममा २ जना बालक खोलामा पसेका थिए । अर्का बालक भने सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खोलाले बगाउँदा दमक–१० का ११ वर्षीय धर्मेन्द्र प्रसाईंको मृत्यु भएको हो ।

बिहान करिब ७ बजे घर नजिकै खेल्न निस्किएका धर्मेन्द्र प्रसाईं र सोही स्थानका ११ वर्षीय भूपेन्द्र ढकाल करिब २ सय मिटर उत्तरतर्फ रहेको भालु खोलामा पौडी खेल्न पसेका थिए । पौडी खेल्ने क्रममा धर्मेन्द्रलाई खोला करिब ६ सय मिटर तलसम्म बगाएको स्थानीयले देखेपछि तत्काल उद्धार गरी निम्स अस्पताल दमक पुर्याइएको थियो ।

अस्पताल पुर्याउनेबित्तिकै बिहान ७ः५० बजे चिकित्सकले प्रसाईंलाई मृत घोषणा गरेका थिए । घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय दमकका इन्स्पेक्टर नविन राई नेतृत्वको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.