रामहरिले बुझाए राजीनामा

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २८, बुधबार १६:२५

काठमाडौं । संसद (प्रतिनिधिसभा) अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाएका छन् ।

खतिवडाले मंगलबार प्रतिनिधिसभाको रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका थिए । उनले बुधबार सभामुखलाई राजीनामा पत्र नै बुझाएका हुन् ।

‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागु हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु,’ खतिवडाले राजीनामा पत्रमा लेखेका छन् ।

रामहरिको राजीनामा

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.