बाजुराको बिच्छ्या खोलामा बाढी, २ घर बगायाे

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २९, बिहीबार ०७:०५

विराटनगर । बाजुराको हिमाली गाउँपालिका-१ मा बिच्छ्या खोलामा आएको बाढीले २ घर बगाएको छ ।

बुधवार साँझ ७ बजे आएको बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापाको घर बगाएको वडा सचिव सन्जिव चौधरीले जानकारी दिए ।

बाढीले झोलुङ्गे पुल र बिच्छ्या माध्यमिक विद्यालयमा समेत क्षति पुगेको छ । वडा कार्यालय पनि बाढीले क्षति पुर्‍याएको छ ।

बाढी गडगडाउँदै आएपछि खोला किनारका बासिन्दा भागेर सुरक्षित अग्लो ठाउँमा पुगेका थिए । लगातार वर्षा भइरहेकाले बाढी अझै बढ्ने र थप क्षति हुन सक्ने भन्दै स्थानीयवासी त्रसित छन् ।

मानवीय क्षति भने भएको छैन । बिच्छ्या खोला कुवाडी खोलामा मिसिने भएकाले कुवाडी खोला आसपासका बासिन्दालाई सतर्क रहन गाउँपालिकाले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.