‘कविताले बोलेको कुरा समयको एउटा चित्र पनि हो’

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण ३१, शनिबार १५:५४

विराटनगर । मोरङको रंगेलीका रमेशचन्द्र अधिकारी आफ्नै भौगोलिक क्षेत्रमै रहेर साहित्य क्षेत्रमा सक्रिय छन् । उनका कृतिहरूमा २०७१ मा प्रकाशित ‘आमाको माया’ (सचित्र बाल चित्रकथा), २०८२ मा संयुक्त कृति ‘नेपाली निबन्धमाला’ र ‘बाल निबन्ध संग्रह’ तथा सम्पादित कृति ‘काव्यारोहण’ समावेश छन् । भर्खरै ‘माझीहाडम’ कविता संग्रह विमोचन गरेका उनले मुलुकी खबरकर्मी सुजता लिम्बूसँग आफ्नो सिर्जनाबारे अनुभव साझा गरेका छन् ।

१. ‘माझीहाडम’ शीर्षक रोज्नुको अर्थ र प्रेरणा के थियो ?

– माझीहाडम पूर्वी तराईको झापा र मोरङमा बसोबास गर्ने सन्थाल समुदायको मुखिया हो । संस्कृतिमा अत्यन्तै धनी यो जातिको संस्कृतिलाई विम्ब बनाएर कविता लेखेको थिएँ । पुस्तक प्रकाशक रेड पान्डा बुक्सलाई यही शीर्षक उपयुक्त लागेको भएर मैले पनि सहमति जनाएँ । यद्यपि, म आफू बाँचेको भूगोलमा यही समुदायको बस्ती छ ।

२. बाल्यकालका स्मृतिबाट सुरु भएर वेदनामा पुग्ने कविताको यात्रा किन रोज्नुभयो ?

– बाल्यकाल जीवनकै सबैभन्दा सुन्दर कालखण्ड हो । झल्याकझुलुक आइरहने सम्झनाहरु साँच्चिकै राम्रा हुन्छन् । मैले केही मात्रै यस्ता कविता राखेको छु । तर, तपाईंले भनेकै जस्तो चाहिँ छैनन् कविताहरु ।

३. कवितामा समय र सरलतको भावलाई कसरी मिलाउनु भयो ?

– कविता भनेको कविता नै हो । र हुनु पनि पर्छ । समयसँगै सरल भएर बग्न सक्ने बन्नु पनि कविताको सबल पक्ष हो भन्ने मेरो बुझाइ छ । मिलाएको भन्दा पनि मिलेर आएको चाहिँ हुनसक्छ । कविताले बोलेको कुरा समयको एउटा चित्र पनि हो जस्तो लाग्छ । त्यसैले मैले बाँचेको समय कवितामा आउन सकेको हुन सक्छ ।

४. मधेशी आदिवासी शब्दलाई शीर्षकमा राख्नुको सांस्कृतिक महत्व के हो ?

– अहिले संस्कृति वा संस्कारजन्य कुराहरू सजीव छन् भने त्यो आदिवासी, जनजाति , मधेशी आदि समुदायहरुसँगै बढी छ भन्ने मेरो आफ्नो बुझाइ हो । जो, जहाँ, जे भएर बाँचे पनि राष्ट्रियता त एकै हो । मलाई सांस्कृतिक कुराहरूले पनि तान्छन् । र यसरी नै आदिवासी संस्कृतिलाई विम्ब बनाउने रहर लागेको हो सायद ।

५. कवितामा देखिने वेदना व्यक्तिगत अनुभव हो कि सामूहिक ?

– कविलाई लागेको कुरा सर्वप्रथम त व्यक्तिगत पनि हो । तर, त्यो सबै या सधैं व्यक्तिगत मात्रै रहिरहँदैन । समालोचकीय दृष्टिकोणले हेर्दा त्यो समाजको अथवा सामूहिक पनि हुनसक्छ । कविताले बोलेको कुरा समयको एउटा चित्र पनि हो ।

तपाइको प्रतिक्रिया
मोरङ–३ बाट सर्वाधिक मतसहित डा. सुनील शर्मा महाधिवेशन प्रतिनिधिमा निर्वाचित
१२ विधेयक पारित गर्दै सकियो प्रतिनिधिसभाको दोस्रो अधिवेशन
चलचलित्र विकास बोर्ड अध्यक्षको दौडमा पहारी, १२ जनाको आवेदन
सरकारी संरचनाको अनिवार्य बिमा गर्न सांसदहरूको माग
प्रहरीको कार्यसम्पादनप्रति प्रधान कार्यालय असन्तुष्ट, सुरक्षा चुनौतीको गहन विश्लेषण गर्न निर्देशन
इलाममा आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा आयुष्मा र रितिक प्रथम
इलाममा आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा आयुष्मा र रितिक प्रथम
बर्जुमा अपांगता भएका व्यक्तिलाई वित्तीय साक्षरता र सुरक्षित आवाससम्बन्धी तालिम
बर्जुमा अपांगता भएका व्यक्तिलाई वित्तीय साक्षरता र सुरक्षित आवाससम्बन्धी तालिम
मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद, क्षेत्रीय सभापतिसहित वडा सभापति बहिष्कारमा
कांग्रेस महाधिवेशन उद्घाटन गर्न देउवालाई निमन्त्रणा
निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×