
राैतहट । रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरी टोलस्थित कृष्ण मन्दिरमा शनिवार आयोजित कृष्णजन्माष्टमी मेलाको उद्घाटनलाई लिएर दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।
झडपमा नगरप्रमुख प्रेमलाल साह कानु सहित पाँच जना घाइते भएकाहुन् ।
नगरप्रमुखको पक्षले मेलाको उद्घाटन नगरप्रमुखकै हातबाट रिबन काटेर गर्ने अडान राखेपछि अर्को पक्षले आपत्ति जनाउँदा झडप भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मेयर कानुको टाउकोमा १७ टाँका लागेको छ । यस्तै, प्रहरी जवान जगदीश राय यादवको गालामा ५ टाँका, प्रहरी जवान धनसुन्दर ठाकुरको टाउकोमा ४ टाँका लागेको छ । स्थानीय रामविकाश साह र श्याम विनय साह सामान्य घाइते भएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले केही स्थानीयलाई पक्राउ गरेको छ ।

























