सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १, आइतबार ०८:३८

जनकपुर । सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदारको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी प्रमुख डीएसपी माधव प्रसाद काफ्लेका अनुसार शनिबार ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.