
विराटनगर । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिदैछ ।
रथयात्रा दिउँसो ३ बजेबाट सुरु हुनेछ । रथले नगरको ९ किलोमिटर यात्रा तय गर्नेछ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रालाई धार्मिक र सांस्कृतिक परम्पराको महत्वपूर्ण हिस्सा मानिन्छ ।
वर्षौं पुरानो यो परम्पराले विराटनगरको सांस्कृतिक पहिचानलाई झल्काउँछ । यस यात्रामा हजारौं भक्तजनहरू सहभागी भएका छन् ।
रथयात्राका लागि काेशी प्रदेश सरकारले झापा, माेरङ र सुनसरी जिल्लामा बिदा दिएकाे छ ।

























