विराटनगरमा भव्य भयो राधाकृष्ण रथयात्रा

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १, आइतबार २२:००

विराटनगर । विराटनगरमा ५८ औं राधाकृष्ण भव्य रुपमा सम्पन्न भएको छ ।

आइतबार दिउँसो ४ बजे विराटनगर महानगरपालिका १ मन्दिर परिसरबाट सुरु भएको रथयात्रामा हजारौं भक्तजन सहभागी भएका छन् ।

मन्दिर परिसरबाट सुरु भएको रथयात्रा जलजला चोक, ट्राफिक चोक, रोडशेष चोकबाट कोशी राजमार्ग हुँदै बरगाछी चोकबाट दुर्गाचोक हुँदै मन्दिर परिसरमा पुगेर समापन भएको छ । बजारको करिब ९ किलोमिटर यात्रा तय गर्न रथलाई करिब ६ घण्टा समय लागेको थियो ।

रथयात्रामा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको थियो । रथयात्रामा शंकास्पद गतिविधि गर्ने ४०  जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रालाई धार्मिक र सांस्कृतिक परम्पराको महत्वपूर्ण हिस्सा मानिन्छ । वर्षौं पुरानो यो परम्पराले विराटनगरको सांस्कृतिक पहिचानलाई झल्काउँछ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.