
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ छ । जसले गर्दा नेपालमा मनसुन केही कमजोर रहेको छ । तर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिएका कारण वर्षाको सम्भावना छ ।
हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
सोमबार देशभर साधारणतया बदली रहनेछ ।
बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भाग लगायत देशको बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशका तराइ क्षेत्र, कोशी प्रदेश र बाग्मती प्रदेशको पहाडी भू–भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

























