२४० किलो गाँजासहित कार प्रहरीको नियन्त्रणमा

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ३, मंगलबार १६:१९

विराटनगर । उदयपुरको बेलका नगरपालिका–२ बाट ठूलो परिमाणको गाँजा लोड गरिएको कार प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाँजा लोड गरेर बेवारिसे अवस्थामा छाडिएको कार प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा प्रहरी चौकी भागलपुर र प्रहरी चौकी बसाहाबाट खटिएको टोलीले जगना खोला किनारमा बेवारिसे अवस्थामा रहेको बा २१ च १८११ नम्बरको कारलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार कारबाट २ वटा बोरा र खोला किनारबाट ७ वटा बोरामा प्याक गरी राखेको २ सय ४० किलोग्राम गाँजा बरामद भएको छ । गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरु भने भेटिएनन् ।

गाँजा ओसारपसारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाँजासहितको कार नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.