नेपाली सेनाले माग्याे २८० जना कर्मचारी

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ६, शुक्रबार १०:०४

काठमाडौं । नेपाली सेनाको कर्मचारी माग गरेकाे  छ । भर्ना छनौट निर्देशनालयले अधिकृत क्याडेट पदमा २८० जनाका लागि भर्ना खुला गरेकाे हाे ।

खुलातर्फ १४६ जना र सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ जनाको लागि कोटा छुट्याइएको छ । महिलाका लागि २४, आदिवासी जनजातिका लागि ३८, दलितका लागि १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाको आरक्षण छुट्याइएको छ ।

दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ४ गतेसम्म छ ।

दरखास्त दस्तुर १ हजार रुपैयाँ तोकिएको छ ।

असोज ५ गतेपछि ११ गतेसम्म दोब्बर दस्तुर तिरेर पनि दरखास्त बुझाउन सकिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.