
विराटनगर । झापाको कनकाई नगरपालिका–१ स्थित खहरे खोलामा विद्युत प्रवाह गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
कनकाई–१ का ३७ वर्षीय पंकज माझीको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार माझीले माछा मार्नलाई शनिबार बिहान ८ः३० बजेतिर बिजुलीको पोलबाट खोलामा विद्युत प्रवाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























