
विराटनगर । नेकपा एमाले निकट पत्रकारहरुकाे संगठन प्रेस चौतारी कोशी प्रदेशले प्रेसमैत्री कानुन निर्माण गर्ने प्रक्रिया अघि बढाउन काेशी प्रदेश सरकारसँग माग गरेको छ ।
समाचार लेखेकै आधारमा पत्रकारलाई एक लाख रुपियाँसम्म दण्ड जरिबाना गर्ने, प्रेस रजिस्ट्रारले जरिबाना र क्षतिपूर्ति भराउने आदेश गर्न सक्ने जस्ता व्यवस्था सहितकाे विधेयक कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ प्रदेशसभाबाट पारित गर्ने तयारी भएपछि चाैतारीले सच्याउन माग गरेको हाे ।
प्रेस चौतारी कोशी प्रदेशले प्रेस मैत्री कानुन निर्माण गर्न माग गरेको छ ।

























