
सुनसरी । सुनसरीको दुहबी नगरपालिका–८ जुट मिल छेउमा रहेको विश्वकर्मा इन्जिनियरिङ वर्कसप ग्यारेजमा काम गर्ने १ जना कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।
भारत जगमनी घर भइ दुबही–८ मा बस्दै आएका ५० वर्षीय लक्ष्मण शर्मा आइतबार बिहान करिब १०ः५५ बजेतिर करेन्ट लागेर घाइते भएका थिए । उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । तर, बिहान ११ः५५ बजे उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
ट्रकमा ‘वेल्डिङ’ गर्ने क्रममा करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























