धरानमा अटो र मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ११, बुधबार ०८:३२
सांकेतिक तस्बीर

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–१४ विजयपुर चोकमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । १ जना सामान्य घाइते भएका छन् ।

आइतबार विजयपुर चोकबाट बुढासुब्बा मन्दिरतर्फ जाँदै गरेको को १ ह ६०१९ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको को ३७ प ७९८६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक धरान उप–महानगरपालिका–१४ का ३२ वर्षीय सन्दिप मगर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरान पुर्याइएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरे ।

अटो चालक ३१ वर्षीय अबिनाश तामाङ सामान्य घाइते भएका छन् । उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.