संवैधानिक इजलासमा प्रधानन्यायाधीश आफैंले न्यायाधीश छनोट गर्ने

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ११, बुधबार ११:३८

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलास गठन गर्दा अबदेखि वरिष्ठता क्रमअनुसारका न्यायाधीशलाई समावेश नगरी आफैंले छनोटको व्यवस्था गर्ने बताएका छन् ।

पत्रकारहरूसँग बुधबार अनौपचारिक कुराकानी गर्दै उनले यो आफ्नो अधिकार भएको दाबी गर्दै त्यसअनुसार निर्णय लिएको जानकारी दिएका हुन् । सर्वोच्चमा विगतदेखि नै संवैधानिक इजलासमा न्यायाधीशहरू वरिष्ठताको आधारमा छनोट गर्ने गरिन्थ्यो ।

तर, पछिल्लो समय संवैधानिक विषयमा हुने सुनुवाइका क्रममा प्रधानन्यायाधीश र अन्य न्यायाधीशबीच राय बाझिन थालेपछि राउत आफूले आवश्यक ठानेका न्यायाधीश तोक्ने अडान लिएका हुन् । यस निर्णयको विरोधमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित अन्य न्यायाधीशहरू उभिएका छन् ।

उनीहरूले इजलास गठनमा स्थापित प्रथा र न्यायिक परम्परा तोड्न खोजिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । यद्यपि, पत्रकारहरूसँग बोल्दै प्रधानन्यायाधीश राउतले भने, ‘मैले लिएको निर्णयमा सबै सहमत छन् ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.