
काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्य उच्च विन्दुमा पुगेकाे छ । बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेर उच्च विन्दुमा पुगेकाे हाे ।
अघिल्लो दिन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि साउन २३ गते पनि यहीं मूल्यमा सुनको कारोबार भएको थियो ।
चाँदीको मूल्य १० रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला २३४५ रुपैयाँ रहेको चाँदी आज २३५५ रुपैयाँ कायम भएको छ ।

























