सरकार–उखु किसान वार्ता निष्कर्षविहीन, आन्दोलनको स्वरुप परिवर्तन गर्ने तयारी

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १३, शुक्रबार १८:४७

काठमाडौं । सरकारले उखु किसानसँग शुक्रबार सिंहदरबारमा गरेको वार्ता निष्कर्षविहीन भएको छ ।

उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले वार्तामा कुनै सहमति हुन नसकेको जानकारी दिए । वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिनका लागि आन्दोलन स्थगन गर्न आग्रह गरेका थिए ।

तर, किसानहरूले आन्दोलन रोक्ने विचार नराखी आन्दोलनको स्वरुप परिवर्तन गर्न सकिने जवाफ दिएका छन् । किसानहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानको माग राखेका थिए ।

यद्यपि, कृषि मन्त्रालयले वार्षिक बजेटमा २ अर्ब रुपैयाँ उखु किसान अनुदानका लागि छुट्याए पनि अर्थ मन्त्रालयले बजेट रोकेको आरोप किसानहरूले लगाएका छन् । प्रवक्ता यादवका अनुसार सरकारले हालसम्म ७५ करोड रुपैयाँ निकासा गरिसकेको छ ।

दसैंअघि हर्को ७५ करोड रुपैयाँ निकासा गर्न आवश्यक रहेको बटमलाइन राखिएको छ । किसान संघर्ष समितिले शनिबार बिहान ११ बजे माइतिघरमा पत्रकार सम्मेलन गरी आन्दोलनको आगामी स्वरुपबारे जानकारी दिने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.