सुनसरीको बर्जुबाट बेवारिसे अवस्थामा ७५ किलो गाँजा बरामद

Share this
647shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १४, शनिबार ०९:५१

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–४ बाट प्रहरीले बेवारिसे अवस्थामा गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार साँझ धान खेतभित्र लुकाएर राखिएको अवस्थामा ७५ किलो गाँजा फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय सीतागञ्ज र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले साँझ ६ः२० बजेतिर शान्तिवन चोकदेखि करिब १ सय मिटर पूर्वतर्फको कच्ची सडक छेउमा रहेको धानखेतमा दुईवटा बोरा भेट्टाएको थियो । पानीले भिजेको अवस्थामा फेला परेका बोराबाट गाँजा बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।

गाँजा कसले लुकाएर राखेको भन्ने यकिन छैन । गाँजालाई इलाका प्रहरी कार्यालय दुहबीमा लगिएको छ । दुहबीका इन्स्पेक्टर सागर तिमल्सिना नेतृत्वको टोलीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएर गाँजा लुकाएर राख्नेको खोजी तीव्र पारेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.