अरनिको शौचालयमा सालनालसहिको शिशु फेला

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १४, शनिबार १६:३९

विराटनगर । मोरङको उर्लाबारीस्थित अरनिको अस्पतालको शौचालयमा सालनालसहितको शिशु भेटिएको छ ।

अस्पतालको शौचालयभित्र शनिबार बिहान सालनालसहितको शिशु (छोरा) फेला परेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार शिशुको तौल १ किलो २ सय ग्राम छ ।

शौचालयबाट शिशु रोएको आवाज आएपछि अस्पतालका कर्मचारीले हेर्दा सालनालसहितको शिशु फेला पारेका थिए । लगत्तै अस्पतालले प्रहरीलाई खबर गरेको थियो ।

अभिभावक नभेटिएका कारण प्रहरीले एन्जल फाउन्डेसनमार्फत शिशुलाई दमकको कियोच बाल अस्पतालमा भर्ना गरेको छ । फाउन्डेसनका जनरल म्यानेजर सन्तोष कार्कीका अनुसार शिशुको एनआईसीयूमा उपचार भइरहेको छ ।

अभिभावक नभेटिएका कारण तत्काललाई शिशुको उपचारको जिम्मा फाउन्डेसनले लिएको उनले बताए । इलाका प्रहरी कार्यालय उर्लाबारीले शिशुलाई अस्पतालको शौचालयमा छाड्ने अभिभावकको खोजी गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.