
झापा । झापा जिल्लाको कचनकवल गाउँपालिका–२ रतिबारीमा माटो निकाल्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर १ जना महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ४६ वर्षीया उजारु राजवंशी आइतबार साँझ करिब ५ बजे मृत अवस्थामा फेला परेकी हुन् । झारु राजवंशीको खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको थियो ।
घटनापछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























