
विराटनगर । सोलुखुम्बुमा थामे खोलामा आएको बाढीले पाँच वटा घर बगाएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा थामे खोलामा आएको बाढीले घर बगाएको हो । बाढीले अन्य ६ घरमा क्षति पुर्याएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमका अनुसार थामे क्षेत्रमा अहिले विद्युत र सञ्चार सेवा पनि अवरुद्ध भएको छ ।
स्थानीयहरूको घर बगाए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

























