कस्तो छ आजको माैसम ?

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १९, बिहीबार ०६:३५

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । केही प्रदेशका केही भूभागमा हावाहुरीको पनि सम्भावना छ ।

विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

मधेस प्रदेशको थोरै र लुम्बिनी प्रदेशको तराईको केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

विभागले राति कोशी र मधेस प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ  छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.