कस्तो छ आजको माैसम ?

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २०, शुक्रबार ०६:५७

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका केही स्थानमा आज दिउँसो मध्यम र राति भारी वर्षाको सम्भावना छ ।

दिउँसो देशभर साधारणतया बदली रहने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.