दर्ताका लागि एक्सले देखायो चासो

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २०, शुक्रबार १७:४०

काठमाडौं । दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारले निर्णय गरेपछि एक्सले दर्ता गर्न आवश्यक कागजातबारे विवरण मागेको छ ।

शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ताका लागि चाहिने कागजातबारे विवरण माग्दै इमेल पठाएको हो ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार दर्ताको लागि कागजातको विवरणा माग गर्दै एक्स सम्पर्कमा आएको हो । दर्ताका लागि आवश्यक कागजातका विषयमा मेल गरेको उनले बताए ।

सरकारले बिहीबारबाट दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो । निर्णय लगतै फेसबुकको कम्पनी मेटाले पनि दर्ताका लागि चासो देखाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.